काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार ९५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८१ हजार ७ सय ०५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।