काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको खुद नाफा ३ अर्ब २१ करोड ९७ लाख रुपैँया पुगेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १२.७८ प्रतिशतले खुद नाफामा वृद्धि भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिसम्म बैंकले २ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको खुद ब्याज आम्दानीमा २७.७३ प्रतिशतले वृद्धि भएको छ । खुद फि तथा कमिसन आम्दानीमा पनि ७.२८ प्रतिशतले वृद्धि भएको सिद्धार्थ बैंकको कुल सञ्चालन आम्दानी ९.०५ प्रतिशत र सञ्चालन मुनाफा १३.१६ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको छ ।
नाफामा वृद्धि भएपनि बैंकको प्रतिसेयर आम्दानी (ईपिएस)मा भने केही गिरावट आएको छ । गत वर्ष बैंकको सो आम्दनी ३३ पैसा घटेर २५ रुपैयाँ ७१ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १४.२५ प्रतिशत बढेको छ भने जगेडा कोष ०.५१ प्रतिशत घटेको छ । त्यस्तै बैंकको निक्षेप ५.८७ प्रतिशत र कर्जा १२.७२ प्रतिशत बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्