काठमाडौं । श्वेत गंगा हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको उक्त आईपीओ साउन १८ गते बुधबार गोलाप्रथामार्फत बाँडफाँट भएको भएको हो । कम्पनीको उक्त आईपीओ २ लाख २७ हजार २ जना सर्वसाधारण लगानीकर्ताहरुले हात पारेका छन् । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर हात पारेका हुन् । उक्त आइपीओमा १५ लाख ४३ हजार ९५४ जनाले आवेदन दिएका थिए । जसमध्ये ४ हजार ४४० जनाको आवेदन रद्द भएको छ ।
कम्पनीले साउन ४ गतेबाट ८ गतेसम्म २३ लाख ८९ हजार ५ सय कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमध्ये १ लाख १९ हजार ४ सय ७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो भने बाँकी २२ लाख ७० हजार २५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।
लगानीकर्ताले सानिमा क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्ने भएका छन् । साथै श्वेत गंगा हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एण्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्