काठमाडौं । चालु आर्थिक वर्षको असोज महिनाभित्र साँवा र ब्याज तिरेको अवस्थामा उद्योगी व्यवसायीहरुलाई थप हर्जाना ब्याज नलाग्ने भएको छ । बुधबार राष्ट्र बैंकले एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाबाट ५ करोड रुपैयाँसम्म कर्जा लिएका व्यवसायीले असोज मसान्तसम्म साँवा र ब्याज भुक्तानी गर्दा थप हर्जना तिर्नु नपर्ने गरी सर्कुलर जारी गरेको छ ।
बुधबारको सर्कुलरबाटै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सोही अनुसारको व्यवस्था मिलाउनका लागि निर्देशन दिएको छ । हाल कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको ७ दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्