काठमाडौं । नेपाली महिला दिदिबहिनीहरुको महान पर्व हरितालिका तीजको अवसरमा महिला श्रृजनशील केन्द्रको आयोजना तथा राईजिङ्ग नेपाल प्रा.लि.(Event Sansar.com) को व्यवस्थापनमा यहि श्रावण २७ देखि ३१ गते सम्म १९औं डाबर वाटिका तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला-२०७९ को आयोजना हुने भएको छ । यस मेलालाई डाबर नेपालको डाबर वाटिका स्याम्पुले मुख्य प्रायोजन गरेको छ भने कान्तिपुर पब्लिकेशनको नारी म्यागजिनले मुख्य सह-प्रायोजन गरेको छ ।
उक्त ५ दिने मेला वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्ला DECC,, त्रिपुरेश्वर, काठमाडौंमा आयोजना हुन लागेको हो । श्रृजनशील महिला दिदीबहिनीहरुलाई सीप र दक्षताको अभिवृद्धि हात खालि नजाने विशेष उपहारहरु राखिएको छ । अभिवृद्धि गराई उद्यमशिलता तथा स्वरोजगार तर्फ प्रेरित गर्दै महिला दिदी बहिनीहरुलाई आर्थिक रुपमा सबल बनाई प्रविधि मैत्री वातारवण सिर्जना गरी एक सफल उद्यमी बनाउने लक्ष्यका साथ विगत १९ वर्ष देखि श्रृजनशील उद्यमी मेलाको आयोजना हुदै आएको हो ।
विशेषतः अशिक्षित, भेदभाव तथा अवसरबाट वञ्चित महिला समुदायहरुलाई सीप सिकाई उनिहरुको सिर्जना तथा उत्पादनलाई बजारिकरण गर्न यस मेलालाई अवसरको रुपमा लिन सकिन्छ आजको समयमा पनि अधिकांश महिला दिदीबहिनीहरु नेपाली समाजको पुरानो तथा रुढीवादी सोच र परम्परामा ग्रसित तथा पुरुषवादी चिन्तनमा रुमलिएको अवस्थामा यस संस्थाद्वारा संचालित सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक, प्रशासनिक लगायत सम्पूर्ण क्षेत्रमा पहुँच पुर्याउने विभिन्न किसिमका मेला, गोष्ठी, सेमिनार, तालिम तथा कार्यक्रमहरुको फलस्वरुप ७०० भन्दा बढी दिदी बहिनीहरु स्वरोजगार भई काम गर्न सफल भई सक्नु भएको छ । यस पटक हुने वृहत् मेलामा १०० भन्दा बढी स्टलहरु रहने कुराको जानकारी गराउन चाहान्छौं । त्यसैगरी २५००० भन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरेका छौं ।
यस मेलाका मुख्य आर्कषणहरु यस प्रकार रहेका छन्:
- घरेलु तथा हस्तकलाका सामग्रीहरुको प्रर्दशनी
- तीज विशेष खानाका परिकारहरु
- महिला उद्यमशिलता र वित्तिय पहुँच सम्बन्धी अन्र्तक्रिया कार्यक्रम
- निशुल्क स्वास्थ्य शिविर
- फोटो सुट
- मेहेन्दी आर्ट
- हात खालि नजाने विशेष उपहारहरु राखिएको छ ।
यस मेलामा काठमाडौं महानगरपालिका, किर्तिपुर नगरपालिका साथै चन्द्रागिरी नगरपालिको सहयोगमा केहि स्टलहरु रहने छन् । साथै आयोजकद्धारा १० वटा भन्दा बढि स्टल असाय, अशक्त, अपाङ्ग र ग्रामिण क्षेत्र पिछडिएका दिदिबहिनीहरुलाई निशुल्क प्रदान गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्