काठमाडौं । गतवर्ष कृषि विकास बैंक लिमिटेडको वितरणयोग्य मुनाफा करिब ४ अर्ब रुपैयाँ पुगेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले गतवर्षको अन्त्यसम्ममा ३ अर्ब ९० करोड ६९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ ।
त्यस्तै बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ३६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २० करोड खुद नाफा कमाएको थियो । गतवर्ष भने बैंकले खुद नाफामा २६.१६ प्रतिशत बढोत्तरी गरेको छ । त्यस्तै समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ११.०६ प्रतिशत घटेको छ ।
त्यस्तै बैंकको कुल सञ्चालन आम्दानीमा ७.३६ र सञ्चालन मुनाफामा १८.२५ प्रतिशतले गिरावट आएको छ । नाफासँगै बैंकको ईपिएसमा पनि गिरावट आएको छ । गतवर्षको असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानीमा ११ रुपैयाँ २१ पैसा घटेर १७ रुपैयाँ ९३ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ २५ पैसा रहेको छ । बैंकको चुक्ता पूँजी २० प्रतिशत बढेको छ भने जगेडा कोष ०.३१ प्रतिशत बढेको छ । त्यस्तै बैंकको निक्षेप २.२६ प्रतिशत र कर्जा १८.५४ प्रतिशत बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्