×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइसिएफसि फाइनान्सको खुद नाफामा २०.२१ प्रतिशतले गिरावट, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइसिएफसि फाइनान्सको खुद नाफामा २०.२१ प्रतिशतले गिरावट, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

Artha Sarokar

२० श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडको खुद नाफामा २०.२१ प्रतिशतले गिरावट आएको छ । फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै गतवर्षमा २० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । फाइनान्सले अघिल्लो वर्षको सोही अवधिसम्ममा २५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी बढेपनि अन्य सञ्चालन आम्दानी घटेपछि फाइनान्सको नाफामा गिरावट आएको प्रक्षेपण गर्दै फाइनान्सले गतवर्षमा ४९.१४ प्रतिशतले खुद ब्याज आम्दानीमा वृद्धि गरेको छ । त्यस्तै फाइनान्सको खुद फि आम्दानी १३.९८ प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी ९.८८ प्रतिशतले घट्दा सञ्चालन मुनाफामा पनि २०.३७ प्रतिशतले घटेको छ । फाइनान्सको वितरणयोग्य मुनाफा भने ११ करोड ८४ लाख रहेको छ ।

नाफामा गिरावट आएसँगै फाइनान्सको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा फाइनान्सको ईपिएस ६ रुपैयाँ ७५ पैसा घटेर १७ रुपैयाँ ८० पैसा पुगेको छ । सो अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात २५.२८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ६४ पैसा रहेको छ । समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी १०.०४ प्रतिशत बढेको छ भने जगेडा कोष १.६६ प्रतिशत बढेको छ । फाइनान्सको निक्षेप २३.५५ प्रतिशत र कर्जामा ३७.९३ प्रतिशतले वृद्धि भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी