काठमाडौँ । संचालनमा आएको ६ बर्षपछि चन्द्रागिरी हिल्स लिमिटेड नाफामा जान थालेको छ । आर्थिक वर्ष ७८/७९ मा कम्पनीले २ करोड ५५ लाख खुद नाफा कमाएको छ । आर्थिक वर्ष ७७/७८ मा कम्पनी २७ करोड घाटामा रहेको थियो । अर्थात एक बर्षमा कम्पनीले झन्डै साँढे २९ करोड खर्च कटाएर कमाएको पाइएको छ । अघिल्लो बर्षको सबै घाटा रिकभर गरेर कम्पनी अव नाफामा गएको छ ।
यो अवधिमा कम्पनीको संचालन आम्दानी ६६ करोड ९८ लाख छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा यस्तो आम्दानी २०२ प्रतिशत कम अर्थात २२ करोड १९ लाख मात्र थियो । १ अर्ब ५३ करोड चुक्तापूँजी कम्पनीको रिजर्भ भने ३९ करोड ४४ लाख ऋणात्मक रहेको कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
कम्पनीको प्रति शेयर आम्दानी १.६७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ७४.२७ रुपैयाँ रहेको छ ।
कोरोना कालमा केबलकार बन्द भएपछि संचालन घाटामा गएको कम्पनी कोरोना काल सकिएसंगै नाफामा गएको छ । अझ पछिल्लो समय पर्यटकहरुको फ्लो बढेपछि चन्द्रागिरीको नाफा बढेको हो ।
यद्यपी पटक पटक कम्पनी विवादमा तानिन छोडेको छैन । उद्घाटन भएदेखि नै अनेक खालको विवादमा परेको कम्पनी पछिल्लो समय पत्रकारहरुलाई नियतबस केवलकार अड्काएर गरिएको नाटकका कारण विवादित भएको थियो । केवलकार अड्किन्छ भनेर पहिले नै जानकारी दिएर ‘लौ केहि भयो त ?’ भन्ने शैलीमा प्रचारबाजी गरिदिन मिडियाहरुलाई आग्रह गरेको कम्पनीले केवलकार रोकिंदा आत्तिएका पर्यटकहरुको भावनामाथि खेलेको भन्दै पछिल्लो समय कम्पनीको चर्को आलोचना भएको थियो ।
यसअघि पनि पाइलैपिच्छे पर्यटकहरुलाई ठगेको कम्पनीले केहि आफु निकट पत्रकारहरुलाई चन्द्रागिरि लगेर त्यसको सकारात्मक प्रचार गरिदिन आग्रह गरेको विषय चर्चाको विषय बन्ने गरेको थियो । अनेक विवाद, र लफडामा परिरहने कम्पनीलाई बन बिनास गरेको भन्दै सरकारले २० लाख जरिवानासमेत तिराएको थियो । नक्सा पास नै नगरी भौतिक पूर्वाधार बनाएको भन्दै विवादित बनेको कम्पनीलाई नेपालीहरुले खासै मन नपराएपनि भारत लगायतका मूलुकबाट आउने पर्यटकहरुले साथ दिंदा चन्द्रागिरीको नाफा ह्वात्तै बढेको हो ।
‘कम्पनीको मुख्य आय भनेको आन्तरिक तथा बाह्य पर्ययटकले कम्पनीले सञ्चालन गरेका केबलकार, जिपलाइन, भ्यु टावरलगायत पर्यटकीय गतिविधिको प्रयोगबाट प्राप्त हुने आय नै हो । आन्तरिक पर्यटनको सकारात्मक बृद्धि तथा छिमेकी मुलुक भारतबाट भ्रमण आउने पर्यटकको संख्यामा भएको उल्लेख्य सुधारको फलस्वरूप कम्पनी परिसरभित्र भ्रमणमा आउने पर्यटकको संख्या तुलनात्मक रूपमा वृद्धि भयो। आन्तरिक तथा बाह्य हवाई उडानमा भएको सहजता तथा विश्वव्यापी रूपमा पर्यटन गतिविधिमा भएको वृद्धिको सकारात्मक प्रभाव नेपालमा पनि देखिन थाल्यो । जसको फलस्वरूप भारतीय तथा अन्य तेस्रो मुलुकबाट आउने पर्यटकहरूको चहलपहलमा उल्लेख्य सुधार हुँदै आएको छ । यसको प्रत्यक्ष प्रभाव कम्पनीको पछिल्लो समयको आयमा हुन गयो।’ कम्पनीले भनेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्