काठमाडौं । महालक्ष्मी विकास बैंकको नाफा अर्ब नजिक पुगेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गतवर्षको अन्त्यसम्ममा बैंकले ९५ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंले ६६ करोड नाफा कमाएको थियो । त्यस्तै बैंकको वितरणयोग्य मुनाफा ५८ करोड रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी ४ अर्ब १ करोड रहेको महालक्ष्मी बैंकको लाभांश क्षमता १४.४६ प्रतिशत रहेको छ । त्यस्तै बैंकको जगेडा कोषमा एक अर्ब ८२ करोड रुपैयाँ रहेको छ । यता महालक्ष्मीले गत आर्थिक वर्षमा ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३५ अर्ब रुपैयाँ कर्जा लगानी गर्दा एक अर्ब ८९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २३.०९ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १६०.०९ रुपैयाँ रहेको छ । बैंकको पिई रेसियो १५.९५ रुपैयाँ रहेको छ ।