×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हुण्डीमार्फत कारोबार गरेको अभियोगमा चार जनाविरुद्ध मुद्दा दायर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हुण्डीमार्फत कारोबार गरेको अभियोगमा चार जनाविरुद्ध मुद्दा दायर

रासस

२३ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राजस्व अनुसन्धान विभागले गैरकानूनीरुपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार नुवाकोट ककनी–३ का नवराज ढुङ्गाना र फणिन्द्रप्रसाद ढुङ्गाना, भिरकोटगढी–११ नुवाकोटका सुवासजङ्ग पाण्डे र नुवाकोट ककनी स्थायी घर भई जापानमा रहेका प्रज्ज्वल ढुङ्गानाविरुद्ध आज मुद्दा दायर गरिएको हो ।

केही समय पहिले प्रहरीले नवराज ढुङ्गानालाई स्रोत नखुलेको रु. ६९ लाख ९९ हजार बराबरको रकम पक्राउ गरेका थिए । उनले पैसाको स्रोत खुलाउन सकेका थिएनन् । सोही आधारमा अध्ययन गर्दै जाँदा प्रहरी अवैध हुण्डी कारोबार भएको निष्कर्ष निकालेका थिए । विभागले बिगोबमोजिमको रकम जफत गरी दोषीमाथि कानुनअनुसार कारवाही गरिपाउँ भन्दै मुद्दा दायर गरेको हो ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी