काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । सोमबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६३ रुपैयाँ कायम गरेको छ ।