Skip to content
LAXMI SUNRISE BANK

काठमाडौंमा ‘हुण्डी’ कारोबार गर्ने तीनजना स्रोत नखुलेको ७५ लाखसहित पक्राउ

अर्थ सरोकार

काठमाडौं । काठमाडौंमा हुन्डी कारोबार गर्ने ३ जना पक्राउ गरेका छन् । उपत्यका अनुसन्धान कार्यालयले मंगलबार स्रोत नखुलेको ७४ लाख रुपैयाँसहित काठमाडौंको नरदेवीबाट ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको राजस्थानका ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्चीका २० वर्षीय रामहरी दुलाल र रौतहटको चन्द्रपुरका २४ वर्षीय सुदिप आचार्य रहेका छन् । उनीहरु हुन्डी कारोबार हुन सक्ने प्रहरीले आशंका गरेको छ । उनीहरुबाट स्रोत नखुलेको ५०० र १००० नेपाली दरका ७४ लाख रुपैंया र विभिन्न व्यक्ति तथा संस्थाको नाममा काटिएका चेकहरुपनि फेला पारेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकालाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK