काठमाडौं । स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ७० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन खुद नाफा गत वर्षको तुलनामा १३.०९ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ६१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको थियो । यस्तै कम्पनीको खुद ब्याज आम्दानी १४.९० प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ४.६१ प्रतिशतले बढेको हो । कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढ्नाले खुद नाफामा पनि सकारात्मक प्रभाव देखिएको हो । यसले १४ करोड ७१ लाख रुपैयाँ राइट ब्याक गरेको छ ।
स्वावलम्बनको चुक्ता पुँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ रहेको छ । रिजर्भ २८.८९ प्रतिशतले बढेर रिजर्भ कोषमा २ अर्ब २५ करोड ४० लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीको खराब कर्जा अनुपात ४.३८ प्रतिशतबाट घटेर २.९०५ कायम भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ४३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने ३०० रुपैयाँ ८७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्