काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा १३ करोड ४५ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ३२.७४ प्रतिशत कम हो । अघिल्लो वर्ष कम्पनीले २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको जगेडा कोष १२.७३ प्रतिशतले घटेर ६६ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ ।
यस्तै कम्पनीको खुद बिमा शुल्क आर्जन भने १८.६८ प्रतिशतले बढेर ४ अर्ब ९२ करोड ९ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २८ पैसा र प्रति सेयर नेटवर्थ १२३ रुपैयाँ ३७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्