काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ७ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ३५.१८ प्रतिशतले कम हो ।
अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ११ करोड ७४ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ८ करोड ८३ लाख रुपैयाँबाट बढेर १२ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा विद्युत बिक्री आम्दानी ४४.४५ प्रतिशतले वृद्धि भएको छ ।
साथै, कम्पनीको सञ्चालन आम्दानी १३ करोड ८ लाख रुपैयाँबाट घटेर असार मसान्तसम्ममा ८ करोड ८३ लाख रुपैयाँमा सीमित रहेको छ । कम्पनीको प्रशासनिक खर्चमा पनि केही वृद्धि भएकाले पनि नाफामा प्रभाव परेको हो । यसको फाइनान्सियल कस्ट २ करोड १३ लाख रुपैयाँबाट बढेर असार सम्म ६ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
ङादी ग्रुप पावरको सेयर पुँजी ७० करोड ६९ लाख रुपैयाँ र रिटेन अर्निङमा ८ करोड ३४ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७७ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १ सय ११ रुपैयाँ ८० पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्