काठमाडौँ । सेयर बजारमा बिगत डेढ दशकदेखि निरन्तर लागिरहनुभएका ‘शिव चन्द्र’ले यो बीचमा खुब पैसा कमाए पनि, अनि गुमाए पनि । विद्यार्थी हुँदा देखि नै सेयर बजारमा लागेका उनीसँग सेयर बजारले अथाहा दिएको अनुभवमात्र छैन, सेयर बजारले आधाजसो पैसा हरेको अनुभव पनि छ । उनले गरेका कतिपय गल्तीले उनलाई सेयर बजारमा नमिठो चोट पनि दिएको छ भने गल्तीबाट सिकेर कमाई गर्दा उनलाई यो बजारले अथाहा खुसीसमेत दिएको छ ।
आफ्नो जीवनकालको उर्जाशील समय यहि सेयर बजारमा बिताएका शिवचन्द्रले आखिर कहाँ कहाँ कमाए त ? के गल्ती गर्दा गुमाए त ? नयाँ लगानीकर्ताले के गल्ती गर्नु हुँदोरहेनछ ? अनि सेयर बजारमा प्रवेश गर्दैगर्दा के के कुरामा ख्याल गर्नुपर्दो रहेछ त ? शिव चन्द्रले नयाँ लगानीकर्तालाई यस विषयमा आफ्नो अनुभवका आधारमा टिप्स दिएका छन् ।
अर्थ सरोकारले आयोजना गरेको सेयर सचेतना कार्यक्रममा उपस्थित सहभागीहरुलाई सम्बोधन गर्दै उनले आफुले गुमाएको र कमाएको अनुभवलाई नयाँ लगानीकर्ताले गर्ने गल्तीसँग जोडेका छन् । समग्रमा सेयर बजारमा कम्पनीहरु छान्दा के के कुरामा ध्यान दिने देखि, सेयर बजारमा हुने चलखेलबाट कसरी जोगिनेसम्मका टिप्सहरु शिव चन्द्रले दिएका छन् ।
प्रस्तुत छ, अर्थ सरोकारको प्रस्तुती कार्यक्रम ‘सेयर बजार सुन्दर छ’मा शिव चन्द्रले दिएको सेयर टिप्स :