Skip to content
LAXMI SUNRISE BANK

सर्वश्रेष्ठ बचत खातामा बचतभन्दा १० गुणा बढी कर्जा

अर्थ सरोकार

काठमाडौं । बैंकिङ इतिहासमा छुट्टै साम्राज्य खडा गर्ने प्रतिष्पर्धामा होमिएको एनआईसी एशिया बैंकका पछिल्ला ‘प्रोडक्ट’ धेरैका रोजाईमा पर्न सफल भएका छन् । हरेक क्षेत्र, वर्गलाई लक्षित गर्दै योजना तय गर्ने एनआईसी एशिया बैंकका ग्राहकहरु बैंकका ‘प्रोडक्ट’हरुको खुलेरै प्रशंसा गर्छन् । यसैबीच आफुले गरेको बचतको १० गुणाबढी कर्जा पाइने भएपछि बैंकको पछिल्लो ‘सर्वश्रेष्ठ बचत खाता योजना’ अधिकांशको रोजाईमा परेको छ । ‘सर्वश्रेष्ठ बचत खाताको एम्बेसडर खाता’ खोल्दा ग्राहकले पूर्वस्वीकृत कर्जा लिन सक्ने फाइदा रहेकोले पनि यो प्रोडक्टको निकै चर्चा चलेको छ ।

पूर्वस्वीकृति कर्जा अर्थात ग्राहकले ‘सर्वश्रेष्ठ गुडविल एम्बेस्डर खाता’मा मासिक १० लाख रुपैयाँ औसत मौज्दात राखेमा त्यसको १० गुणासम्मको कर्जा बैंकबाट लिन सकिन्छ । अर्थात ग्राहकको खातामा ३ महिनाको औषत व्यालेन्स १० लाख छ भने उसले पूर्वस्वीकृति कर्जाअनुसार १ करोडसम्मको कर्जा पाउन सक्ने बैंकले जनाएको छ । यस्तो ऋणको बेस रेटमा लाग्ने प्रिमियम शुल्क १ प्रतिशत र यसको प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्र रहेको बैंकको भनाई छ । कर्जा उपलब्ध गराउँदा बैंकको आन्तरिक नीति तथा केन्द्रिय बैंकको मापदण्ड पालना गर्दै कर्जा स्विृत गरिन्छ ।

उत्कृष्ट बन्दै ‘सर्वश्रेष्ठ गुडविल एम्बेसडर खाता’
एनआईसी एशिया बैंकले ल्याएको ‘सर्वश्रेष्ठ बचत खाता योजना’ उत्कृष्ट मात्र छैनन्, बरु धेरैको रोजाईमा पनि पर्दै आएका छन् । अझ बैंकले ग्राहकका लागी ल्याएका १४ वटा खाता योजनामध्ये अधिक रुचाइएको योजना भने ‘सर्वश्रेष्ठ गुडविल एम्बासडर खाता’ भएको बैंकको दाबी रहेको छ, जसबाट बचत खातामा १० गुणाबढी कर्जासहित दुई दर्जन फाइदाहरु उपलब्ध रहेका छन् ।

‘बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खाता योजना पैसा जम्मा गर्नमात्र होइन ग्राहका लागि पनि निकै उपलब्धिमुलक छ । एनआईसी एशिया बैंकको यो खातामा जस्तो सुविधा अन्त कहाँ पाइन्छ र ?’ एनआईसी एशियाका एक ग्राहकले भने –‘बीमा, कर्जा लगायत थुप्रै सुविधाहरु पाएपछि ढुक्क भएको छु । धेरै कुराको झण्झट छैन । अनावश्यक शुल्क वा प्रिमियम तिर्नु पर्दैन । आफ्नो पैसा सुरक्षित त हुनै नै भयो फाइदै–फाइदाका स्किम पनि पाइन्छ यो योजनामा । त्यसैले ढुक्कसँग खाता खोलेको छु र फाइदाको लाभ लिइरहेको छु ।’

बीमा र कर्जासँगै अन्य १८ फाइदा
यसो त एनआईसी एशिया बैंकले ल्याएको सर्वश्रेष्ठ गुडविल एम्बेसडर खाता योजना ग्राहकका लागि योजना मात्रै बनेको छैन, बरु भविष्यको साथीसमेत बनेको छ । यो योजना प्रयोग गर्ने सेवाग्राहीहरुले बीमा, कर्जासँगै अन्य १८ प्रकारका फाइदा लिन सक्ने बैंकले जनाएको छ । यतिमात्र होइन बैंकको यस बचत खातामा मुद्दति खाता बराबरको ब्याज पाइने बैंकको दाबी छ । यो खाता खोल्दा न्यूनतम एक लाख रुपैयाँ ब्यालेन्स राख्नुपर्छ । उक्त खातामा २ लाख रुपैयाँ निक्षेप पुगेपछि मुद्दति खाताको ब्याज पाइने बैंकले जनाएको छ ।

बैंकले यो फाइदालाई ‘स्विप इन, स्विप आउट’ फाइदा भनेको छ । यसमा सेभिङ्ग र फिक्स डिपोजिटमध्ये जुनमा बढी ब्याज छ, त्यही उपलब्ध गराइन्छ । अर्थात ग्राहकले ८.०३ प्रतिशत ब्याजको लागि सर्वश्रेष्ठ बचत खाता खोलेर पैसा जम्मा गर्दै जाँदा बैंकले मुद्दति खातामा पाइने ११.०३ प्रतिशत ब्याज उपलब्ध गराउने जनाएको छ । सर्वश्रेष्ठ बचत खातामा कुनै ग्राहकको रकम २ लाख रुपैयाँभन्दा माथि लाग्यो भने फिक्स डिपोजिटमा रुपान्तरण हुँदा दश हजार रुपैयाँको गुणाले भाग जाने हिसाबले स्वतः ९० दिनको फिस्क्ड डिपोजिट हुन जान्छ र फिक्स डिपोजिटमा उपलब्ध ब्याज पाइन्छ ।

बैंकमा यो खाता खोल्ने ग्राहकलाई बैंकले २१ लाखदेखि ८४ लाख रुपैयाँसम्मको बीमा फाइदा उपलब्ध गराएको छ । ‘गुडविल एम्बेसडर खाता’ उपलब्ध रहेको ८४ लाखसम्मको बीमा फाइदामा ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र ४ लाखको औषधि उपचारका लागि पाउने बीमा उपलब्ध रहेको छ । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजार रुपैयाँ र ओपीडी उपचारको लागि ८० हजार रुपैयाँसम्म पाउने बैंकले जनाएको छ ।

यतिमात्र होइन बैंकको यस योजनामा खातावालासँगै अन्य तीन जनाले समेत बीमा फाइदा पाउने व्यवस्था गरिएको छ । खाताको ग्राहकले तोकिएका अन्य तीन जनालाई समेत बीमा फाइदाको लाभ दिने बैंकले जनाएको छ । र यो बीमा फाइदाको लाभ ग्राहकले पाँच वर्षसम्म पाउन सक्नेछन् । योसँगै ‘सर्वश्रेष्ठ गुडविल बचत खाता योजना’का ग्राहकले विभिन्न कार्ड र डिजिटल कारोबारमा पाँच वर्षसम्म निशुल्क फाइदा लिन सक्नेछन् ।

एम्बेसडर खाता खोल्ने बित्तिकै एटीएम, डेभिड कार्ड, क्रेडिट कार्ड पाँच वर्षसम्म निःशुल्क प्रयोग गर्न सकिन्छ । त्यस्तै निःशुल्क मोबाइल बैंकिङ्ग, निशुल्क इन्टरनेट बैंकिङ्ग, आरटीजीएस लगायत भुक्तानीमा पनि शुल्क तिर्नु नपर्ने बैंकले जनाएको छ । एनआईसी एशिया क्यापिटलबाट पोर्टफोलियो म्यानेजमेन्टको लागि ५० प्रतिशत छुट उपलब्ध गराइनुका साथै डिम्याट र मेरो शेयर प्रयोगमा पनि शुल्क तिर्नु नपर्ने व्यवस्था गरेको बैंकले जनाएको छ । फाइदा र भविष्यका लागि उत्कृष्ट भएकै कारण पछिल्लो समय बैंकको यो खाता योजनामा ग्राहकको उपस्थिति उल्लेख्य रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK