काठमाडौं । भदौ ८ गतेबाट खप्तड लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधरसणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता सेयर आइपीओ जारी गर्न लागेको हो । जसमा (५ प्रतिशत) ६ हजार ६०० कित्ता सामुहिक लगानी कोष र (०.५ प्रतिशत) २ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
सर्वसाधारणले बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ सय २० कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । भदौ ८ गतेदेखि खुल्ने यस आइपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ । खप्तड लघुवित्तको आइपीओमा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस कम्पनीको आइपीओलाई ‘केयरएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।