×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण भ्याली हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक, १६०.४९ प्रतिशतले बढ्यो विद्युत बिक्री आम्दानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अरुण भ्याली हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक, १६०.४९ प्रतिशतले बढ्यो विद्युत बिक्री आम्दानी

Artha Sarokar

३० श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १५.६८ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य वृद्धि भएसंगै खुद नाफा बढ्न पुगेको हो । कम्पनीको विद्युत बिक्री आम्दानी १६०.४९ प्रतिशतले बढेको छ । असार मसान्तसम्ममा आइपुग्दा कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी १.४३ प्रतिशतले वृद्धि भएको छ भने कुल आम्दानी ६५.७० प्रतिशत बढेको छ ।

साथै, कम्पनीको सञ्चालन मुनाफा पनि ६०.०२ प्रतिशत बढेको छ । हाइड्रोपावरको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ करोड २ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २६ पैसा बढेर ५ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात ६८.४६ गुणा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी