
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार प्रि ओपनिङ्ग सेसनमा नेप्सेले ऐतिहासिक उच्च बिन्दु कायम गरेको छ । आज नेप्से परिसूचक १९.६९ अंकले बढेर १ हजार ८९४ दशमलव ७९ अंकमा पुगेको छ । बिहिबार प्रि ओपनिङ्ग सेसनमा कुल ६० कम्पनीको सेयर कारोबार भएको छ ।
६० कम्पनीका १६ हजार १८१ कित्ता सेयर ८० लाख ४८ हजार ७०९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।कारोबारमा आएका ६० कम्पनीमध्ये ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्य घटेको छ ।
साथै ६ कम्पनीको मूल्य स्थिर रहेको छ । यसअघि २०७३ साउन १२ गते नेप्से १८८१ बिन्दुमा पुग्दै हालसम्मकै उच्च बिन्दुमा पुगेकोमा बिहीबारको कारोबार समय भन्दा अघि १५ मिनेट खुला हुने प्रि ओपनिङ्ग सेसनमा नै उक्त रेकर्ड तोडिएर नयाँ रेकर्ड बनेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्