काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ४० करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ८.७१ प्रतिशतले कम हो । अघिल्लो वर्ष सोहि अवधिमा कम्पनीले ४४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
साथै, इन्स्योरेन्सको खुद बिमा शुल्क आर्जन भने २५.७१ प्रतिशतले बढेर १ अर्ब ४१ करोड ११ लाख ७४ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जीवन बिमा कोषको आकार पनि १७.८९ प्रतिशतले बढेर १ अर्ब २२ करोड ४८ लाख २० हजार रुपैयाँ पुगेको छ ।
यता कम्पनीको कर्जा तथा अन्य आम्दानी भने घटेको छ । नोक्सानी व्यवस्थाका लागि १० करोड रुपैयाँ भन्दा बढी रकम छुट्याएपछि कम्पनीको खुद नाफा प्रभावित भएको देखिएको छ । असार मसान्तसम्ममा आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ३० रुपैयाँ १६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २ सय ३६ रुपैयाँ १ पैसा रहेको छ ।