×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथाः मौसम खुल्दा सुन्दर देखियो ‘सिकादीप’, भोजपुरमा किसानाहरु कोदो रोप्नमै व्यस्त (फोटो–कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथाः मौसम खुल्दा सुन्दर देखियो ‘सिकादीप’, भोजपुरमा किसानाहरु कोदो रोप्नमै व्यस्त (फोटो–कथा)

Artha Sarokar

१ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन–कुन ठाउँमा के–के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामिले सातवर्ष बित्दापनि काम सम्पन्न नहुँदा पूर्णता नपाएको जोरपाटी–सुन्दरीजल सडकको दयनिय अवस्थादेखि कञ्चनपुरमा थारु महिलाहरु मौलिक पहिरन बनाउनमा व्यस्त बनेकासम्मका तस्विरलाई फोटोमा समेट्ने प्रयास गरेका छौँ ।

हेरौं फोटो समाचारः

कालोपत्रका लागि ठेक्का भएको सात वर्ष बित्दा पनि काम सम्पन्न हुन नसक्दा जोरपाटी–सुन्दरीजल सडकको नयाँपाटी–बिपी चोकखण्ड धुलाम्य बनेको छ । सडकमा ग्राभेल गरेको ६ महिनासम्म पनि काम हुन नसक्दा धुलाम्य सडकको कारण स्थानीय सास्तिमा परेका छन् ।

बाग्लुङ नगरपालिका ११ रायडाँडामा रहेको एक्लो बस्ती ‘सिकादीप’ ।

बुटवल उपमहानगरपालिका ५ स्थित अमरमथमा प्रतिकेजी १५० रुपैयाँका दरले उपभोक्ताहरु स्याउ खरिद गर्ने गर्दछन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका थारु महिलाहरु अझैपनि परम्परागत पहिरन ‘लेहङ्गा’ सिलाउमा व्यस्त देखिन्छन् । चाडपर्वमा थारु महिलाहरु आफ्नै मौलिक परम्परमा सजिने गर्दछन् ।

तनहुँको व्यास नगरपालिकामा निर्बुमा बाख्रा चराउँदै स्थानीय महिलाहरुको दैनिकी बित्छ । पछिल्लो दिनमा गाउँमा बाख्रा तथा पशुपालन गर्ने किसानहरुको संख्या बढेसँगै अहिले अधिकांश महिलाहरु बाख्रा पालनमा व्यस्त देखिन्छन् ।

पाल्पाको रम्भा गाउँपालिका अन्तर्गत पर्ने कालीगण्डकी करिडोर सडकखण्डमा निर्माणको काम तिव्र गतिमा सञ्चालन भईरहेको छ । सडक सञ्जालको विस्ता भएसँगै यहाँका स्थानीयहले सहजताको अनुभुती गरेका छन् ।

भोजपुर नगरपालिका ६ भँगेरीका स्थानीय यतिबेला कोदो रोप्नमा व्यस्त छन् । कोदो उत्पादनका लागि उत्कृष्ट रहेको भँगेरी भेगमा प्राय किसानको मुख्य बालीका रुपमा कोदो रहेको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिकाको चिमखोलाका स्थानीय गाउँसम्म सहज सडकमार्ग पुर्याउन ढुङ्गाको छपनी बिछ्याउन थालेका छन् । गाउँका युवा तथा स्थानीय पदमार्ग निर्माण गर्नमा यतिबेला व्यस्त बनेका छन् ।

तनहुँको म्याग्दे गाउँपालिका २ निर्मलबस्तीमा रोपाई सकिएपछि समथर भुभाग हरियो देखिएको छ । ९५ प्रतिशत भूभागमा रोपाई सकिएको तनहूँका किसान केही फुर्सदिला बनेका छन् ।

बाग्लुङ नगरपालिका १० स्थित होमस्टे गाउँको शिरमा रहेको भकुण्डे भ्यु टावर पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्रबिन्दु बनेको छ । टावरबाट देखिने मनोरम दृष्य अवलोकन गर्न र तस्विर कैद गर्न दैनिक आन्तरिक पर्यटकको उपस्थिति बाक्लो हुने गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी