×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इदी मार्दीको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक, कस्तो छ वित्तिय अवस्था ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

युनाइटेड इदी मार्दीको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक, कस्तो छ वित्तिय अवस्था ?

Artha Sarokar

३ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युनाइटेड इदी मार्दीको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । कम्पनीले ५ करोड १६ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ११.९८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको यसै अवधिमा हाइड्रोपावर ४ करोड ६० लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत् बिक्रीबाट हुने  आम्दानी बढेपछि खुद नाफामा पनि सुधार देखिएको हो ।

कम्पनीको यस समिक्षा अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ३८.७६ प्रतिशतले बढेर १८ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष हाइड्रोपावरको विद्युत् बिक्रीबाट १३ करोड ४४ लाख ८ हजार रुपैयाँ आम्दानी गरेको थियो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी ४२ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको जगेडा कोषमा पनि उल्लेख्य सुधार आएको छ । अघिल्लो वर्ष ८ लाख ४८ हजार रुपैयाँ मात्र रहेको जगेडा कोषमा आकर्षक सुधार हुँदै गत असार मसान्तसम्म ५ करोड २३ लाख ५९ हजार रुपैयाँ पुगेको छ । यस अवधिसम्म आइपुग्दा युनाइटेड इदी मर्दीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ २९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ४७ पैसा रहेको छ । अघिल्लो वर्ष भने प्रतिसेयर आम्दानी १० रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ २० पैसा रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी