×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश छोडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति ‘गोटाबाय’ सपरिवारसहित अमेरिका जाँदै, ‘ग्रिन-कार्ड’का लागि आवेदन दिए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश छोडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति ‘गोटाबाय’ सपरिवारसहित अमेरिका जाँदै, ‘ग्रिन-कार्ड’का लागि आवेदन दिए

Artha Sarokar

३ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । श्रीलंका गत जुलाईमा भएको पदर्शनका कारण देश छोडेर भागेका पूर्वराष्ट्रपति गोटाबाय राजापक्षले अमेरिकी ‘ग्रिन कार्ड’मा लागि आवेदन दिएका छन् । अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार गोटाबायले उनीसँगै उनको श्रीमती र छोराका लागि पनि आवेदन दिएका छन् ।

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबायसँग निकट मानिने पूर्वराजदूत उदयाङगा विरातुङ्गाका अनुसार गोटाबायले थाइल्यायड फर्कने योजना समेत रद्ध गरेका छन् । अन्तराष्ट्रि सञ्चार माध्यमका अनुसार पूर्वराष्ट्रपति गोटाबायले गत महिनादेखि नै अमेरिका बस्ने योजना बनाएर आफ्नो श्रीमती आइओमा राजापाक्षसहित अमेरिकाको ग्रिन कार्डका लागि आवेदन दिएको बुभिएको छ । केही समय अगाडी उनी पुनः श्रीलंका फर्किने चर्चा समेत चलेको थियो ।

गोटाबायले अमेरिकाको ‘ग्रिन कार्ड’ लिने प्रक्रियामा कोलम्बो र अमेरिकाका कानुन व्यवसायीसँग समन्वय गर्नुका साथै कोलम्बोबाट पनि विभिन्न कागजपत्र प्रयोग गरिएका छन् । देशमा आर्थिक सङ्कट उत्पन्न हुनुमा राष्ट्रपति जिम्मेवार भएको भन्दै नागरिकले राष्ट्रपति निवास घेर्न थालेपछि उनी देश छोडेरै भागेका थिए । उनी देश छोडेर भागेपछि अहिले श्रीलंकाको नेतृत्व परिवर्तन भएको छ भने उनीहरु श्रीलंका देखिएको पछिल्लो संकट समाधानमा लागि रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी