काठमाडौं । महोत्तरीमा प्रहरीले एकजना मिटरब्याजीलाई पक्राउ गरेको छ । चर्को ब्याजमा पैसा लगाएर सोझा जनतालाई ठगेको भन्दै सीतापुर गंगाहा नगरपालिका ५ बस्ने अनिरुद्र शाह पक्राउ परेका हुन् ।
प्रहरीमा परेको जाहेरीका आधारमा गयराती शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीले बताएका छन् । ‘पक्राउ परेका शाहले चर्को ब्याजमा पैसा ऋण दिने रहेछन् । ऋण दिने र पैसा लिने र पैसा लिईसकेपछि पनि मुद्धा हाली जग्गा समेत लिलाम गर्ने गरेका रहेछन्’, प्रहरी उपरिक्षक पंगेनीले भने, ‘यस्तै गरी घरबारबिहिन हुने अवस्थामा पुगेपछि ९–१० जनाले प्रहरीमा जाहेरी दिएका थिए । सोहीका आधारमा शाहलाई पक्राउ गरेका छौँ ।’ पक्राउ परेका शाह विरुद्ध ठगि तथा अपराधी विश्वासघातको मुद्धा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक पंगेनीले जानकारी दिएका छन् ।
प्रहरीले शाहबाट तमसुकका कागजातहरू पनि बरामद गरेको छ । हालसम्म मिटरब्याजी शाहले सोझा जनताबाट लाखौँ रकम उठाएको भएपनि कति भन्ने एकिन नभएको प्रहरी उपरिक्षक पंगेनीले बताए । देशव्यापी समस्याका रुपमा रहेको मिटरब्याजी पिडीटहरुलाई गृह मन्त्रालयले भदौ ५ गतेभित्र उजुरी दिइसक्न अनुरोध गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्