×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता, यस्ता छन् सम्झौता बुँदा

LAXMI SUNRISE BANK

ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता, यस्ता छन् सम्झौता बुँदा

१० मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौता पश्‍चात् ज्योति विकास बैंक मार्फत ग्राहकहरुले खल्तीमा मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी सीधै पैसा लोड गर्न सक्नेछन ।
ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा खल्तीका तर्फबाट कम्पनीका निर्देशक सुमित अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतासँगै अब ज्योति विकास बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी