×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेसनल हाइड्रोपावरको साधारण सभा भदौ १० गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

PRIME CA

नेसनल हाइड्रोपावरको साधारण सभा भदौ १० गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

अर्थ सरोकार

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार

काठमाडौं । नेसनल हाइड्रोपावरको वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको साधारण सभा भदौ १० गते हुने भएको हो । सभा डेलिश ओपेरा रेस्ट्रो एन्ड ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीको  साउन २३ गते बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।

सभामा बोनस सेयर वितरण र सुनकोशी हाइड्रोपावर कम्पनीको प्राप्ति पश्चात कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ २ गते बिहीबार बुक क्लोज गरेको हो । भदौ १ गतेसम्म कायम रहेका सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: