×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बरुण हाइड्रोपावरको २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्री स्थगित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बरुण हाइड्रोपावरको २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्री स्थगित

Artha Sarokar

६ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयर बिक्री स्थगित भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले सी-आस्वा प्रणालीमा हकप्रद सेयरका लागि गलत तथ्यांक राखेका कारण बिक्री स्थगित गरिएको हो । अब बिक्री प्रबन्धकले तथ्यांक सच्याएपछि मात्र बिक्री खुला गरिने सीडीएससीले जानकारी गराएको छ ।

हाइड्रोपावरले आज भदौ ६ गते देखि १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक क्लोज गरिसकेको छ । साउन १ गतेसम्म कायम रहने सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

बरुणको हकप्रद सेयरमा भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी