Skip to content
LAXMI SUNRISE BANK

नेपाल धितोपत्र बोर्डले सि-आश्वा शुल्क घटाउने, अधिकतम ५ रुपैयाँमात्र लिन पाउने

अर्थ सरोकार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सि-आश्वा शुल्क घटाउने भएको छ । बोर्डको भदौ ५ गते आइतबार बसेको संचालक समितिको बैठकमा सी-आस्वा शुल्क घटाउने प्रस्तावमा छलफल गरी निर्णय गरिएको अध्यक्ष हमालले बताएका हुन् । बैंकहरुले अब सी-आस्वा शुल्क अधिकतम ५ रुपैयाँमात्र लिन पाउनेछन् र यो निर्णय चाँर्ड कार्यान्वयनमा ल्याउले पनि अध्यक्ष हमालले बताएका छन् ।

आस्वा शुल्क ५ रुपैयाँमध्ये १ रूपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले तथा १ रूपैयाँ सीडीएस एन्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछन् । बाँकी रकम भने सी-आस्वा सदस्यलाई जानेछ । नयाँ शुल्क अब जारी हुने आइपीओबाटै लागू हुने पनि अध्यक्ष हमालले जानकारी गराए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK