- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिभिल बैंकका कर्मचारीहरुले कोरोना संक्रमितहरुलाई प्लाज्मा दान गर्ने भएका छन् । बैंकले १० वर्ष पूरा गरेको अवसरमा कोरोना संक्रमण मुक्त भएका १० जना कर्मचारीले कोरोना संक्रमितलाई प्लाज्मा दान गर्ने भएका हुन् ।
बुधबार बैंकको १०औं वार्षिकोत्सवमा बोल्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले यस्तो बताएका हुन् । साथै खुल्लामंचमा खाना खानेलाई १० दिन निःशुल्क खाना खुवाउने पनि सीईओ गुरुङले बताए । बैंकका देशभर २ सय जना कर्मचारीहरु कोरोना संक्रमित भएका थिए भने संक्रमणबाट एक जना सुरक्षा गार्डको निधनसमेत भएको थियो ।