×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनलाइन जुवा खेलाएको आरोपमा ४ जना पक्राउ, सरकारी कागज र छाप किर्ते गरेको खुलासा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अनलाइन जुवा खेलाएको आरोपमा ४ जना पक्राउ, सरकारी कागज र छाप किर्ते गरेको खुलासा

Artha Sarokar

७ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कन्सलटेन्सीको नाममा जुवा खेलाएको भन्दै झापाबाट ४ जना पक्राउ परेका छन् । प्रतिबन्धित ‘वान बेट एप्लिकेशन’ मार्फत गेम खेलाउने र नक्कली सरकारी कागजात बनाउने गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनीहरुले अनलाइन गेम सञ्चालन गरी गेम खेल्न चाहने व्यत्तिको नागरिकता लिएर सोही नागरिकताबाट एनसेलको सिम कार्ड लिई इसेवा आइडी खोलेर रकम संकलन गर्ने गरेका थिए । प्रदेश प्रहरी कार्यालय बिराटनगरको रिट समूह, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दमक ८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक २५ वर्षीय सतप्रकाश साह र दमक नगरपालिका ७ का २७ वर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक कमल गाउपालिका २ का ३० वर्षीय अरुण कार्की र ब्रिटिस आर्मी ट्रेनिङका सञ्चालक दमक ८ का ३३ बर्षीय राजु लिम्बु रहेका छन् । उनीहरुको साथबाट प्रयोग भएका २७९ र प्रयोग नभएका ४५ थान एनसेलको सिम, १९ वटा मोवाइल, ल्यापटपलगायत सामग्री बरामद गरेको छ ।

पक्राउ परेको  समुहलाई  मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर तथा लिखत सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ  ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी