×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लघुबीमा कम्पनीलाई लाइसेन्स लिने बाटो खुल्यो, यस्तो छ बीमा समितिले जारी गरेको निर्देशिका…(निर्देशिकासहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लघुबीमा कम्पनीलाई लाइसेन्स लिने बाटो खुल्यो, यस्तो छ बीमा समितिले जारी गरेको निर्देशिका…(निर्देशिकासहित)

Artha Sarokar

७ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लघुबीमा कम्पनीलाई लाइसेन्स दिने बाटो खुला भएको छ । सोमबार बसेको बीमा समितिको सञ्चालक समितिको बैठकले लघुबीमा संस्थापन तथा दर्ता सम्बन्धी निर्देशिका २०७९ पारित गरेसँगै कम्पनीहरुलाई लाइसेन्स दिने बाटो खुला भएको हो ।

समितिले लघु जीवन बीमा र लघु निर्जीवन बीमा व्यवसाय गर्न सोहीअनुसारको लाइसेन्स दिने गरी निर्देशिका तयार गरेको हो । निर्देशिकामा लाइसेन्स प्राप्त गर्नका लागि पब्लिक कम्पनीले मात्रै बीमा समितिले तोकेको मापदण्ड पूरा गर्नुपर्ने उल्लेख गरिएको छ । बीमा समितिले लघुबीमा कम्पनी दर्ता गर्नुपूर्व नै सहमति लिएर मात्रै दर्ता प्रक्रियामा जानसक्ने व्यवस्था निर्देशिकामार्फत गरेको छ ।

समितिले जारी गरेको निर्देशिकामा कम्पनीहरुको चुक्ता पूँजी उल्लेख नगरिएको भएपनि चुक्ता पूँजीको न्युनतम ५१ प्रतिशत संस्थापकको सेयर हुनुपर्ने र न्युनतम ३० प्रतिशत चुक्ता पूँजी हुनुपर्ने निर्देशकामा भनिएको छ । निर्देशिका अनुसार गरिब, न्यून आय भएका जनतालाई लक्षित भई लघुबीमा सेवा प्रवाह गर्ने लक्ष्य लिएर आउनेले मात्रै लघुबीमाको लाइसेन्स पाउने व्यवस्था उल्लेख छ । लघुबीमा कम्पनी संस्थापना गर्न कालोसूचीमा नपरेको, कालोसूचीमा परेको भए हटेको तीन वर्ष पुगेको हुनुपर्ने उल्लेख छ । त्यस्तै, एक तिहाई संस्थापकहरु स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था नयाँ निर्देशिकामा गरिएको छ ।

प्रस्तावित लघुबीमा कम्पनीको कार्यालय उपत्यका बाहिर हुनुपर्ने र छनोट भएका प्रस्तावमध्ये समितिले कुनै खास प्रदेशमा मुख्य कार्यालय रहने गरी तोक्न सक्ने व्यवस्था निर्देशिकामा गरेको छ । निर्देशिकामा लघुबीमाको लाइसेन्स वितरण गर्न आवश्यक शर्त तोकी समितिले सूचना प्रकाशन गर्ने उल्लेख छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी