×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली चार्टर्ड एकाउन्टेन्ट दिपेन्द्र शर्माले जिते अष्ट्रेलियामा ५० हजार डलर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाली चार्टर्ड एकाउन्टेन्ट दिपेन्द्र शर्माले जिते अष्ट्रेलियामा ५० हजार डलर

Artha Sarokar

८ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सर्वाधिक धनराशीको ‘मिलेनियर हट सिट’मा नेपालीले प्रवेश पाएका छन् । अष्ट्रेलियाको नाइन टिभि च्यानलबाट प्रशारण हुने टेलिभिजन शो ‘मिलेनियर हट सिट’मा स्याङ्झाका दिपेन्द्र शर्मा पौडेलले प्रवेश पाएका हुन् । पौडेलले शोका विभिन्न चरणहरु पार गर्दै मेलबर्गमा सुटिङ भएको ‘मिलेनियर हट सिट’मा प्रवेश गरेका हुन् ।

पौडेल चोइस कलेजका सीईओ हुन् । अध्यननका लागि सन् २००८ मा सिड्नी पुगेका पौडेलले सिड्नी कलेजमा एक दशकभन्दा बढी एकेडेमिक हेडका रुपमा काम गरेका थिए । त्यसप्रश्चात एनएसडब्लु राज्यको प्राविधिक शिक्षाका लागी बिशेष कलेज टेफमा कार्य गरे । ‘मिलेनियर हट सिट’मा प्रवेश गर्ने भाग्यमानी नेपालीका रुपमा रहेका पौडेलले उक्त शो बाट ५० हजार डलर जितेका छन् ।

‘मिलेनियर हट सिट’मा प्रवेश गर्न पाउनु आफ्नो सौभाग्य रहेको पौडेलले बताएका छन् । ‘हट सिट’मा प्रवेश पाउनु नेपाल चिनाउनका लागि पनि सुनौलो अवसर रहेको उनले बताएका छन् । सिटमा उनीसँगै उनकी जीवनसाथी सुनिता (लक्ष्मी) पाठक पनि थिईन् । पौडेल चार्टर्ड एकाउन्टेन्ट र सिपिए पनि हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी