काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहिबार ९५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८२ हजार १ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।