×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एचआइडीसीएलको २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता सेयर लिलामी बिक्री खुल्ला हुने, कहिलेदेखि पाइन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एचआइडीसीएलको २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता सेयर लिलामी बिक्री खुल्ला हुने, कहिलेदेखि पाइन्छ भर्न ?

Artha Sarokar

१३ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले २ करोड ३२ लाख ४ हजार ४ सय ९५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । कम्पनीले भदौ २० गते बाट संस्थापक सेयर पुन:लिलामी गर्ने भएको हो । यसअघि कम्पनीले तेस्रो पटकसम्म लिलामीमा बिक्री खुला गर्दा नबिकेपछि फेरि लिलामीमा ल्याउन लागेको हो ।

उक्त सेयर लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआइडीसीएलले जनाएको छ । बोलपत्र पेश गर्ने म्याद असोज ४ गतेसम्म तोकिएको छ भने लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ । यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ ।

साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी