×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल सरकार र विश्व बैंकबीच सम्झौता, १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण दिइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल सरकार र विश्व बैंकबीच सम्झौता, १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण दिइने

Artha Sarokar

१३ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच आज भदौ १३ गते सोमबार १० करोड अमेरिकी डलर लगभग १३ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । नेपाललाई हरित, जलवायु-उत्थानशील र समावेशी विकास (ग्रीड) तर्फ अग्रसर हुन सहयोग गर्ने प्रस्तावित ऋण सम्झौताको उद्देश्य रहेको विश्व बैंकले जनाएको छ । ग्रीड अन्तर्गत तीन सहिलयतपूर्ण ऋण श्रृंखला मध्येको यो पहिलो हो ।

सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरी प्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंककी सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरेका थिए । ग्रीड कार्यक्रममार्फत जल, भूमि प्रयोग, जलवायु, स्मार्ट कृषि, दीगो वन व्यवस्थापन, शहरी फोहोर र प्रदूषण लगायतका क्षेत्रहरूमा सरकारको प्राथमिकतामा रहेका नीतिगत कार्यहरूलाई सहयोग गर्दै आएको स्ट्रेलकोभाले बताएकी छिन् ।

पहिलो चरणको अपरेसनमा प्राकृतिक पुँजीको दीगो र उत्पादक प्रयोग, थप छरितो र स्वच्छ उत्पादन, खपत तथा आवागमनलाई बढावालगायत समावेश रहेको विश्व बैंकले जनाएको छ । यस कार्यक्रमले ग्रीड अन्तर्गतका रणनीतिक परिवर्तनका लागि नेपाल सरकारकाले अवलम्बन गरेका नीतिगत कार्यहरूमा समर्थन गर्दछ । कार्यक्रमले नेपालको अर्थतन्त्रलाई हरितीकरण गर्नका साथै सामुदायिक वन, कृषि, स्वच्छ हावा, र ठोस फोहोर व्यवस्थापन जस्ता क्षेत्रहरूमा रोजगारी सिर्जना गर्न निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्ने बताइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी