×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकले न्युरोडस्थित अवैध संरचना हटायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नबिल बैंकले न्युरोडस्थित अवैध संरचना हटायो

१३ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंको न्युरोडस्थित नबिल बैंकले बेसमेन्टमा बनाएको शाखा कार्यालय हटाएको छ । पार्किङ प्रयोजनका लागि निर्माण गरिएको बेसमेन्टमा बैंकले अवैध रुपमा शाखा कार्यालय विस्तार गरेको भन्दै महानगर हटाउने निर्देशन दिएको थियो । सोही अनुसार बैंकले बेसमेन्टमा सञ्चालन गर्दै आएको शाखा हटाएको हो ।

बैंकको सो शाखा हटाउनका लागि एक साता अघि निर्देशन दिएको महानगरले आइतबार अनुगमन गर्दा शाखा हटेर बेंकले बेसमेन्ट खाली गरेको मेयर बालेन्द्र शाहको सचिवालयले जानकारी दिएको छ । बैंकले पनि मेयर बालेन्द्र शाहको निर्देशनलाई मान्दै शाखा हटाएको जानकारी दिएको छ । त्यस्तै महानगरपालिकाले अघि सारेको योजना स्वागतयोग्य रहेको बताउँदै बैंकले मेयर शाहको अभियानमा नैतिक समर्थन रहेको समेत जनाएको छ ।

त्यस्तै सोमबार नै वसन्तपुरस्थित सुरज आर्केडको संरचनाहरू पनि हटाइएको छ । बिरा कम्प्लेक्समा पनि बेसमेन्ट पार्किङ गर्नुपर्ने स्थानमा पसलहरू सञ्चालन गरेको भन्दै हटाउन निर्देशन दिइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी