×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतिबन्ध लगाइएका वस्तुको आयात नर्गन राष्ट्र बैंकको निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रतिबन्ध लगाइएका वस्तुको आयात नर्गन राष्ट्र बैंकको निर्देशन

Artha Sarokar

१६ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाइएका वस्तुको आयात नगर्न निर्देशन जारी गरेको छ ।

सरकारले प्रतिबन्ध लगाइएको १० मध्ये ६ वस्तुको आयात खोलेको थियो । सोमबार प्रकाशित सूचना बमोजिम प्रतिबन्ध लगाईका गाडी, मोटरसाइकल, मोबाइल र मदिराजन्य वस्तुको आयात र चोरी पैठारीमा पूर्ण रुपमा रोक लगाउन राष्ट्रबैंकले निर्देशन जारी गरेको हो । राष्ट्र बैंकले परिपत्र जारी गर्दै उक्त वस्तुहरुको प्रतितपत्र नखोल्न समेत बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

सरकारले कुर्कुरे, कुर्मुरे जस्ता खाध्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सूर्तिजन्य उत्पादन, हिरा, ३०० डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा लगाएको प्रतिबन्ध भने खुला गरेको छ । भने अन्य ४ वस्तुको आयात असोज २८ गतेसम्म लम्बाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी