Skip to content
LAXMI SUNRISE BANK

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भाउ बढ्ला कि नबढ्ला ?

अर्थ सरोकार

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार ओईओसीले नेपाल आयल निगमलाई पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजलमा ६ रुपैयाँ १२ पैसा वृद्धि भएको छ ।

आईओसीले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएसँगै अब नेपाल आयल निगमले सोही मूल्य सूचीअनुसार तेल खरिद गर्नुपर्नेछ । यो सँगै अब नेपाल आयल निगमलाई डिजलबाट हुने नोक्सानी बढेर प्रतिलिटर १२ रुपैयाँ पुगेको छ भने पेट्रोलको नाफा घटेर प्रतिलिटर २ रुपैयाँमा सीमित भएको छ ।

आयल निगमका अनुसार मट्टितेल, हवाई इन्धनको मूल्य पनि सामान्य बढेर आएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ । बिहीबारको मूल्य अनुसार निगमको १५ दिनको समग्र नोक्सानी करिब ५० करोड पुग्नेछ ।

पछिल्लो समय इन्धनको मूल्य सामान्य बढेर आए पनि मूल्य यथावत् रहने नेपाल आयल निगमले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK