Skip to content
LAXMI SUNRISE BANK

माथिल्लो मैलुङ खोला जलविद्युतको साधारण सभा असोज ९ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

अर्थ सरोकार

काठमाडौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको साधारण सभा असोज ९ गते हुने भएको हो । सभा अकामा होटल, धुम्बाराही काठमाडौँमा हुने भएको छ ।

कम्पनीको भदौ १२ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । सभाले संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने भएको छ । उक्त सभाबाट आइपीओ निष्कासन गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने एजेण्डा समेत रहेको कम्पनीले जानकारी दिएको छ ।

साथै, आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ । सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK