काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशन भएको छ । ग्रेडिङ पद्धती अनुसार नतिजा प्रकाशित गरिएको हो । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । यसपाली कूल तीन लाख ९६ हजार १८५ जना विद्यार्थी परीक्षामा सहभागी थिए । चार लाख १० हजार ६८ जनाले परीक्षा फारम भरेका थिए । कूल ४३ जनाको परीक्षा रद्द भएको थियो ।
जिपिए ३.६१ देखि ४ सम्म ल्याउने विद्यार्थी चार हजार एक सय ७९ छन् । साथै कम ल्याउने जिपिए १.६१ देखि २ ल्याउने विद्यार्थी संख्या ३५ जना छन् ।
सार्वजनिक भएको नतिजा अनलाइनबाट पनि हेर्न सकिनेछ भने नतिजा नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । बोर्डको आफ्नै वेबसाइटमा गएर पनि नजिता हेर्न सकिनेछ । आईभीआर सिस्टम ल्याण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।