×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा माई हाइड्रोपावरको नाफामा ३२ प्रतिशतले वृद्धि, ईपीएसमा उल्लेख्य सुधार, अन्य सूचक कस्ता ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा माई हाइड्रोपावरको नाफामा ३२ प्रतिशतले वृद्धि, ईपीएसमा उल्लेख्य सुधार, अन्य सूचक कस्ता ? (विवरणसहित)

Artha Sarokar

१९ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले ५४ करोड ५ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षमा ३२.९८ प्रतिशत बढी खुद नाफा कमाएको जनाएको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीमा ९.९६ प्रतिशत वृद्धि भएको छ भने ९३ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको प्लान्ट सञ्चालन खर्च १२.६१ प्रतिशतले बढेर ८ करोड ९३ लाख रुपैंयाँ पुगेको छ । त्यस्तै कम्पनीको कुल मुनाफा ९.६९ प्रतिशतले बढेको छ । कम्पनीको व्यवस्थापन तथा अन्य सञ्चालन खर्च ०.०६ प्रतिशतले बढेर १७ करोड ८४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै समिक्षा अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी १० प्रतिशतले बढेर ३ अर्व ८ करोड ९२ लाख पुगेको छ भने रिटेन्ड अर्निङ्ग ३६.५७ प्रतिशतले बढोत्तरी हुँदै ९१ करोड ७० लाख रुपैयाँ सञ्चय रहेको छ ।

त्यस्तै कम्पनीको रिजर्भ कोषमा ९४ लाख १३ हजार रुपैयाँ रहेको छ भने सापटी रकम २६ करोड २७ लाख रुपैयाँबाट वृद्धि भएर ३३ करोड ४३ लाख रुपैयाँ पुगेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समिक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २०.९४ प्रतिशतले बढेर १७ रुपैयाँ ५ पैसा पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ९९ पैसा रहेको छ । यस्तै, मूल्य आम्दानी अनुपात १८ गुणा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी