×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली भ्याट बिल बनाएको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दायर

अर्थ सरोकार

प्रकाशित मिति : १९ भाद्र २०७९, आईतवार

PRIME CA

नक्कली भ्याट बिल बनाएको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक (भ्याट) जारी गरेको अभियोगमा तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौँ महानगरपालिका–३२ का सुमनकुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका–४ का राहुलकुमार जयसवालविरुद्ध रु. १० करोड ९३ लाख दुई हजार छ सय ७६ बराबरको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको छ ।

विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको भए पनि आज सार्वजनिक रुपमा जानकारी दिएको हो । विभागले मुल्य अभिवृद्धि करतर्फ रु. एक करोड ७१ लाख ३२ हजार एक सय ७०, आयकरतर्फ रु. तीन करोड ७५ लाख १९ हजार एक सय ६८ गरी रु. पाँच करोड ४६ लाख ५१ हजार तीन सय ३८ बराबरको बिगो गरेको पाइएको छ ।

विभागले बिगोको दोब्बर बराबरको सजायको माग दाबी गरेको हो । त्यसअनुसार आरोपीमाथि रु. १० करोड ९३ लाख दुई हजार छ सय ७६ बराबरको सजायको माग गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: