×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापक सेयरधनीले ५० हजार कित्ता सेयर बिक्री गर्दै, ३५ दिनभित्र आवेदन दिनुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापक सेयरधनीले ५० हजार कित्ता सेयर बिक्री गर्दै, ३५ दिनभित्र आवेदन दिनुपर्ने

Artha Sarokar

२० भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । बैंकका संस्थापक सेयरधनी सेमराज शाक्यले आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न बैंकसँग अनुमति मागेका हुन् ।

बैंकले बिक्रीमा ल्याएको सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी