×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तनहुँमा राहदानी वितरणबाट ४ करोड ४२ लाख राजस्व सङ्कलन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तनहुँमा राहदानी वितरणबाट ४ करोड ४२ लाख राजस्व सङ्कलन

Artha Sarokar

२६ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तनहुँ । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८/७९ मा ४ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । सो आर्थिक वर्षमा जिल्लाबाट ६ हजार ६ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिएका हुन् । त्यस्तै ८ हजार ८ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने ८ सय ७२ द्रुत सेवाका लागि सिफारिस गरिएको छ ।

कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट रु ४ करोड ८० लाख राजस्व सङ्कलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरिवाना, प्रशासनिक दण्ड, जरिवाना र जफत, बेरुजु र परीक्षा शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो ।सो अवधिमा ५२ मुद्दा दर्ता भएको छ । दुई हजार चार सय ७० जनालाई आदिवासी जनजाति प्रमाणित, एक हजार ८० जनालाई दलित प्रमाणित, एक हजार आठ सय ७८ लाई पेन्सन सिफारिस गरिएको छ ।

कार्यालयमा ८४ संस्था नयाँ दर्ता भएकामा सात सय ८५ संस्थाको नवीकरण भएको छ । ९९ हातहतियार नवीकरण भएकामा छ वटा नामसारी गरिएको छ । यस अवधिमा एक पत्रपत्रिका दर्ता भएको कार्यालयले जनाएको छ । -रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी