×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, ४ दिन कैद र ५ लाख ६० हजार जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, ४ दिन कैद र ५ लाख ६० हजार जरिवाना

Artha Sarokar

२६ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला धादिङ धुनेवेशी नगरपालिका ०१, घर भई हाल बाफल काठमाडौँमा बस्ने २८ वर्षीय राजिभ कँडेल सो कसुरमा पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ४ दिन कैद र ५ लाख ६० हजार जरिवाना सुनाएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीटोलीले कँडेललाई बाफल काठमाडौँबाट पक्राउ गरेको हो ।

पक्राउ परेका कँडेललाई थप अनुसन्धान तथा कारवाहीका लागि  जिल्ला अदालत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी