काठमाडौं । श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी गरेको आइपीओ आज भदौ २७ गते सोमबार बाँडफाँट गरेको हो ।
लघुवित्तले भदौ १५ गतेदेखि कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । यो मध्ये ५ प्रतिशत अर्थात् १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
कम्पनीको आइपीओमा गोलाप्रथामार्फत कुल ३६ हजार ८ सय ५९ जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन् । आइपीओमा कुल १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएकामा १ हजार ३१५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी गराएको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, श्रीजनशील लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने कम्पनीले जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्