काठमाडौं । जापानको नारिताका लागि उडेको नेपाल एयरलाइन्सको जहाज आधा घण्टामै फर्किएको छ । बुधबार राती १८४ जना यात्रु बोकेर जापानका लागि उडेको नेपाल एयरसलाइन्सको वाइडबडी आर ए ४३३ हवाई जहाज आधा घण्टामै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फर्किएको हो ।
प्राविधिक समस्या देखिएपछि जहाज आधा घण्टामै फर्किएको थियो । ‘उडेको आधा घण्टामा जहाज फर्किएको थियो’, त्रिभुवन विमानस्थल कार्यालयका एक कर्मचारीले भने, ‘जहाजको कार्गो होल यरियामा धुवाँ देखिएको थियो । उडेको आधा घण्टामा यस्तो समस्या देखिएपछि जहाज फिर्ता आएको हो ।’
राती फर्किएको नेपाल एयरलाइन्सको वाइडबडी आर ए ४३३ को प्राविधिक जाँचपछि पुनः बुधबार नारित उड्ने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
यसो त नेपाल एयरलाइन्सको जहाजमा यस्तो समस्या देखिएको यो पहिलो घटना भने होइन । यसभन्दा अघि पनि जहाजमा यस्तै समस्या देखिएपछि जहाज फर्किएको र हवाईसेवा अवरुद्द भएका थुप्रै उदाहरण छन् । तर पनि यसतर्फ सम्बन्धित निकायको ध्यान भने जान सकेको छैन । पटक-पटक हवाई दुर्घटनाको नमिठो साक्षी हुँदासम्म पनि यसको दीर्घकालीन समाधान नखोज्दा प्रत्येक दिन जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुहरुको गुनासो रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्