काठमाडौं । सरकारले ११ जना उद्योगी व्यवसायीलाई सु-प्रबल जनसेवाश्री पदकबाट विभूषित गर्ने भएको छ ।
संविधान दिबस २०७९ को अवसरमा सरकारले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीदेखि होटल संघ नेपाल (हान)की अध्यक्ष सृजना राणा समेतलाई सम्मान गर्ने भएको हो ।
संविधान दिबसको अवसरमा सम्मानित हुनेहरुमध्ये कुशुम लामा, राजेन्द्र कुमार अग्रवाल, पर्यटन व्यवसायी द्वय राम थापा र रामबहादुर कोइरी, व्यवसायीहरु शशिधर शर्मा, अरुणकुमार केसी, उद्योगी जगदीशप्रसाद अग्रवाल, मुरलीधर रुगंटा र बेनिगोपाल मून्दडा रहेका छन् ।