काठमाडौं । नेपालका एक युवकलाई दुबईमा ३४ करोड रुपैयाँ बराबरको चिट्ठा हात परेको छ । केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बिकले त्यहाँको चर्चित मजुज चिठ्ठा जितेका हुन् । दश मिलियन अर्थात् एक करोड दिरामको उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली हुन् ।
मजुजले साप्ताहिक रुपमा खुलाउने यो चिठ्ठामा भरतले दुई वर्षदेखि चिठ्ठा काटिरहेका थिए । दुबईमा बैंक खातासमेत नभएका बिकको भाग्य खुलेसँगै अन्ततः उनले यो मूल्य बराबरको चिट्ठा हात पारेका हुन् । शनिबार राति टिभीमा लाइभ हेरिरहँदा अचानक स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देख्दा सुत्नै नसकेको उनले बताए ।
‘यो पैसाले पहिला आफ्नो ऋण तिर्छु र परिवारको राम्रो व्यवस्था गर्छु’, उनले भने, ‘मेरा दुई सन्तानको भविष्यका लागि योजना पनि बनाउँछु । र मेरो ब्रेन ट्युमरपछि प्यारालाइसिस भएको भाइको अपरेशनका लागि पनि यो पैसा खर्च गर्छु ।’ चिठ्ठा जिते पनि आफुले गर्दै आएको काम नछोड्ने उनले बताएका छन् ।
मजुजका सीईओ फरिद सामजीले चिठ्ठा जित्ने आशमा धेरै नेपालीहरुले यसमा सहभागिता जनाउने गरेको उल्लेख गर्दै भरतको जितले नेपाली समुदायमा खुसी छाएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्